कतारविरुद्ध नेपालको सान्दार जित, इन्दुको अर्धशतक

नेपाली महिला क्रिकेट टोलीले कतारलाई पहिलो टी-२० खेलमा ११९ रनले पराजित गरेको छ ।

आइसीसी टि–२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने क्रममा मंगलबार पहिलो टी-२० खेल खेलेको थियो ।

टस हारेर ब्याटिङमा उत्रेको नेपाली टोलीले १ सय ४७ रनको स्कोर प्रस्तुत गर्‍यो । सो क्रममा इन्दु बर्माले अर्धशतक प्रहार गरिन भने सिता राना मगरले ३९, सरीता मगरले २१ रनको योग्दान दिए ।

बर्माले ४७ बलमा ५ चौकाको मद्दतले ५५ रन जोडेर रिटायर्ड हर्ट हुँदै पवेलियन फर्किइन । उनको यो अन्तर्राष्ट्रिय टि-२० मा पहिलो अर्धशतक हो । यो संगै इन्दु बर्मा नेपालका लागि अन्तर्राष्ट्रिय टि-२०मा अर्धशतक बनाउने पहिलो खेलाडी बनेकी छिन् । यस अघी सन २०१९ मा सीता राना मगरले इन्डोनेसिया विरुद्ध ४८ रन बनाएकी थिइन ।

१४७ रनको लक्ष्य पछ्याएको कतार ११ दशमलव ५ ओभरमा २७ रन जोड्दा अलआउट भयो । कतारलाई सस्तैमा रोक्न रुविना क्षेत्रीले सर्बाधिक ३ विकेट लिइन् । रुविनाले तीन विकेट एकै ओवरमा झारिन् ।

कविता कुँवर र सीता राना मगरले समान दुई विकेट लिए । कविताले २ ओभरमा ६ र सीताले २ ओभरमा १ मेडन राख्दै २ विकेट लिए। २ ओभर बलिङ गरेकी करुणा भण्डारीले १ मेडन राख्दै एक विकेट लिइन्।

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले २३ महिना पछि अन्तराष्ट्रिय सिरिज खेलेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest