नेपाल-कतार दोस्रो टि-२० खेल आज, नेपालले टस जितेर ब्याटिङ गर्दै

नेपाली महिला क्रिकेट टोलीले कतारसँग आज दोस्रो टि-२० खेल खेल्दै छ । वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रीकेट स्टेडियममा नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आइसीसी टि–२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने क्रममा मंगलबार पहिलो टी-२० खेल खेलेको थियो । जसमा सान्दार ११९ रनको जित दर्ता गरेको थियो ।

नेपाली टोलीले कतारमा कार्तिक ३०, मंसिर १ र २ गते कतारसँग तीन टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने छ । त्यसपछि नेपाली टोली मंसिर ३ मा युएईतर्फ जानेछ । जहाँ नेपालले टी–२० विश्वकपको एसिया छनोटको एसिया छनोट खेल्नेछ ।

युएईमा हुने आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।

आइसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । यस्तै मंसिर ७ गते भुटानसँग, मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग खेल्ने नेपालको तालिका छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest