कतारविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली महिलाको क्लिन स्विप

नेपाली महिला टोलीले बिहीबार दोहामा भएको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेलमा कतार महिलालाई १०९ रनले पराजित गर्दै ऐतिहासिक ३–० को क्लिन स्विप गरेको छ ।

वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपाल महिलाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रन बनाएको थियो, जसको मुख्य कारण सीता राना मगरको ८२ रनको शानदार इनिङ्स थियो।

महिला टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने मगरले ७२ बलमा ७ चौका प्रहार गर्दै अविजित ८२ रन बनाएकी थिइन् ।

ज्योति पाण्डेले २० बलमा चौकासहित २४ रन जोडिन् भने डोली भट्टले ९ बलमा १२ र सरिता मगरले ११ बलमा अविजित १७ रन जोडिन् ।

कतारका लागि एन्जेलिन मारे, साची धडवाल र आयशाले एक–एक विकेट लिए ।

जवाफमा नेपाली महिला टोलीको कसिलो बलिङ र फिल्डिङका कारण कतार महिलाले २० ओभरमा ७ विकेट गुमाएर ५५ रन मात्रै बनाउन सक्यो । अलिना खानले ३३ बलमा ३ चौकासहित १९ र कप्तान आयशाले १४ बलमा एक चौका र छक्का प्रहार गर्दै १३ रन बनाएकी थिइन् । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपाली महिलाले रनआउटबाट चार विकेट लिए भने सबनम राई, सरस्वती कुमारी र रुबिना क्षेत्रीले समान एक विकेट हात पारे ।

नेपालले ऐतिहासिक ३–० ले सिरिज क्लीन स्वीप गर्दा कप्तान रुविना क्षेत्री प्लेयर अफ द सिरिज घोषित भइन् ।

नेपाली महिला टोली आगामी नोभेम्बर २२ देखि २८ गतेसम्म हुने आईसीसी महिला विश्वकप एसिया छनोटका लागि नोभेम्बर १९ मा दुबई प्रस्थान गर्नेछ । नेपालले आयोजक युएई, मलेसिया, भुटान, हङकङ र कुवेतसँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest