डिभिलियर्सले लिए सबै प्रकारका क्रिकेटबाट सन्यास

दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्सले ३७ वर्षको उमेरमा सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

डिभिलियर्सले ११४ टेष्ट खेल हरूमा ८,७६५ रन बनाए भने २२८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरूमा ९,५७७ रन प्रहार गरे, दुबै फर्म्याट मा ५० भन्दा बढीको औसत, साथै दक्षिण अफ्रिकाका लागि आफ्नो १४ वर्षको अन्तर्राष्ट्रिय करियरमा ७८ टि-२० खेले ।

उनले २००८ मा अहमदाबादमा भारत विरुद्ध अविजीत २१७ रन बनाउने क्रम मा दोहोरो शतक बनाउने पहिलो दक्षिण अफ्रिकी बने र जनवरी २०१५ मा वेस्ट इन्डिज विरुद्ध एकदिवसीय खेल मा सबैभन्दा छिटो ३१ बलमा शतक बनाएर कीर्तिमान तोडे।

“यो अविश्वसनीय यात्रा थियो, तर मैले सबै क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु,” डिभिलियर्सले ट्विटरमा लेखेका छन ।

डिभिलियर्सले २०१८ मा आफ्नो अन्तर्राष्ट्रिय सन्यासको घोषणा गरे तर फ्रेन्चाइजी क्रिकेट खेल्न जारी राख्ने घोषणा गरे । उनि इन्डियन प्रिमियर लिग मा रोयल च्यालेन्जर्स बैंगलोर बाट खेली राखे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest