रुविना क्षेत्री: आईसीसी महिला टी–२० विश्वकप र छनोट जीवनभरको अवसर

नेपाली महिला क्रिकेट टोलीले भर्खरै सम्पन्न बंगलादेश र कतार भ्रमणबाट आत्मविश्वास लिएर आईसीसी महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गत सोमबार हङकङविरुद्धको खेलबाट आफ्नो अभियान सुरु गर्दैछ ।

२०२३ मा दक्षिण अफ्रिकामा हुने आईसीसी महिला टी-२० विश्वकपमा खेल्नबाट नेपाली टोली दुई कदम मात्र टाढा छ । ६ टोली समाबेस यस छनोट खेलका विजेताहरूले आईसीसी महिला टी–२० विश्वकप छनोट २०२२ मा खेल्न पाउनेछन् जहाँबाट टोलीहरूले दक्षिण अफ्रिकाका लागि आफ्नो स्थानहरू बुक गर्न सक्छन्।

दुबई स्पोर्टस सिटीका दुई आईसीसी एकेडेमी मैदानमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई बिच प्रतिस्पर्दा हुने छन ।

नेपाली कप्तान रुविना क्षेत्रीले प्रतियोगितालाई जीवनभरको अवसरका रूपमा हेरिन् ।

रुविना क्षेत्रीले भनिन्, “म छनोट खेल्न पाउँदा निकै उत्साहित छु किनकि विगत १५ वर्षदेखि विश्वकपमा छनोट भएर खेल्ने मेरो र मेरो टोलीको सपना हो ।”

“यो हाम्रो लागि जीवनमा एकपटक आउने अवसर हो,” उनले थपिन्।

नेपाली महिला टोलीले आफ्नो पहिलो खेल नोभेम्बर २२ मा हङकङ, २३ नोभेम्बरमा भुटान, २५ नोभेम्बरमा कुवेत, २६ नोभेम्बरमा मलेसिया र २८ नोभेम्बरमा युएईसँग खेल्नेछ । नेपाल महिला तर्फका सबै खेल दुबईको आईसीसी एकेडेमी ग्राउण्ड २ मा हुने तय भएको छ ।

खेलहरू महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय को रूपमा खेलाइनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest