हङकङविरुद्धको पहिलो खेलमा नेपाली टोली ६ विकेटले पराजित

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले हङकङविरुद्धको खेलमा
६ विकेटको हार बेहोरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमीमा ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओवरको खेलमा ३ विकेट गुमाएर मात्र १०४ रन प्रस्तुत गर्‍यो ।

सिता राना मगरले ४८ बलमा ४० रन बनाइन । उनले ४ चौका प्रहार गरिन । यस्तै इन्दु बर्माले ३७ बलमा ३१ रन जोडिन ।

जवाफमा हङकङले १८ ओवरमा लक्ष्य पुरा गर्‍यो । उसका लागी मारिको हिलले अविजीत ४२ रन बनाउदै हङकङलाई सजिलो जित दिलाईन ।

बलिङ तर्फ कबिता कुंवर, सिता राना मगर र सब नाम राइले समान १-१ विकेट लिए ।

यो संगै नेपाललाई आईसीसी महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा पुग्ने अभियानमा सुरुमै धक्का लागेको छ ।

विभिन्न छ टोली सहभागी उक्त प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टी–२० ग्लोबल छनोटमा स्थान बनाउनेछ । नेपाली महिला टोलीले २०१९ को टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई चार विकेटले हराएको थियो । त्यसयता नेपाल र हङकङको भेट भएको छैन ।

छनोटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल भूटानसँग भोलि खेल्नेछ भने तेस्रो खेल कुवेतसँग बिहीबार खेल्ने तालिका रहेको छ । खेल नेपाली समय अनुसार दिउसोको ४:१५ बजे सुरु हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest