भुटानविरुद्ध नेपाली महिलाको सहज जित

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मंगलबार भएको भुटानविरुद्धको दोस्रो खेलमा सीता राना मगरको अलराउन्ड प्रदर्शनले नेपालले ८ विकेटको जित दर्ता गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको भुटानले ६ विकेट गुमाएर ६१ रनको सामान्य योगफल तयार पार्यो ।

ओपनर सोनम पाल्डन ११ रनमा सिता राना मगरको बलमा आउट हुँदा भुटानले ६.६ ओभरमा ३० रन जोड्यो । मगरले वन ड्रप देचेन वाङ्मोलाई २ रनमा आउट गरिन । पाँच रनपछि ओपनर नगावाङ चोदेन १३ रनमा क्लिन बोल्ड हुँदै मगरको तेस्रो शिकार भईन । ५० रनमा भुटानका कप्तान येसे चोदेन पनि ९ रन बनाएर करुणा भण्डारीको शिकार भईन ।

नेपालका ओपनर सीता राना मगर र इन्दु बर्माले ४.२ ओभरमा ३३ रन बनाएका थिए भने मगर १७ रनमा आउट भएकी थिइन् । कप्तान रुविना क्षेत्रीले ओपनर बर्मासँग मिलेर नेपाली महिला टोलीलाई लक्ष्यको नजिक पुर्याएका थिए। क्षेत्री १० रनमा रनआउट भइन र कविता जोशीले २ बलमा २ चौका प्रहार गर्दै लक्ष्य पुरा गरिन ।

पहिलो दिन भुटानले कुवेतलाई ४० रनले पराजित गरेको थियो भने पहिलो दिन नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

अलराउन्ड खेलबाट नेपालको फाइट ब्याकको नेतृत्व गरेकी सीता राना मगर प्लेयर अफ द म्याच भइन् । ‘म नेपालका लागि धेरै वर्षदेखि खेल्दै आएको छु र आफ्नो अनुभवबाट यो प्रदर्शन गरेको छु। मैले अहिले अनुभव बटुलेको छु र जितमा योगदान पुर्‍याउने मेरो भूमिका थाहा छ,’ मगरले भनिन् ।

नेपालकी कप्तान रुविना क्षेत्रीले मगरको योगदानको प्रशंसा गरिन् । ‘मगर टोलीका सबै खेलाडीका लागि प्रेरणा हुन् । वर्षौं खेल्दा पनि उनी कडा मेहनत गर्छिन् र खेल्छिन् । उनी टोलीका हरेक युवालाई पनि आफू जस्तै उत्कृष्ट दिन प्रेरित गर्छिन्।

नेपालले शुक्रबार कुवेतसँग तेस्रो खेल खेल्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest