यू-१९ क्रिकेट: लुम्बिनीमाथि कर्णालीको सानदार जित

काठमाडौंमा जारी यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई १ सय ४० रनले पराजित गरेको छ ।

कर्णालीले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २३.५ ओभरमा सबै विकेट गुमाएर ९२ रनमा समेटियो ।

लुम्बिनीका लागि प्रज्वल थापाले २८, दुर्गेश गुप्ताले २०, आकाश त्रिपाठीले १५ रन जोडे। कर्णालीका प्रकाश जैशीले ५, युनिश सिंहले ३ तथा अनुज चनाराले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन जोड्यो।

कर्णालीका लागि सुवास ऐरले ७६, निश्चल रावलले ९९ बलमा ४४ रन जोडे। सुवास र निश्चलले तेस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गरे। लुम्बिनीका लागि दुर्गेश गुप्ताले ४ तथा विशाल बिक्रम केसीले २ विकेट लिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest