बिग ब्यास लिग क्रिकेटमा सहभागिताका लागि नेपाली लेगस्पिनर सन्दीप लामिछाने बुधबार अष्ट्रेलिया प्रस्थान गरेका छन्।
डिसेम्बर ५ तारिखबाट सुरु हुने लिगमा सन्दीपले होवार्ट हुरिकन्सकाबाट खेल्नेछन्।
सन्दीपको टोली होवार्टको पहिलो खेल सिड्नी सिक्सर्सविरुद्ध डिसेम्बर ८ मा रहेको छ ।
यसअघि सन्दीपले लिगको पहिलो दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए। गतसिजन भने उनले होवार्टमै खेलेका थिए। यसवर्ष क्लबले उनको सम्झौता नविकरण गरेको हो।