यू-१९ क्रिकेट: गण्डकीले बागमतीलाई हरायो

काठमाडौंमा जारी यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ७५ रनले पराजित गरेको छ।

मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा बागमतीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको गण्डकी ४३ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रनमै समेटियो।

गण्डकीका लागि अर्जुन कुमालले ९४ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५५ रन जोडे। यस्तै सुजन गौतमले १३, मिलन क्षेत्रीले १४, अभिषेक थापाले १८ रन थपे।

बागमतीका प्रतिस जिसी र तिलक बहादुर भण्डारीले समान ३–३ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती ४८ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय १३ रन जोडेको थियो।

बागमतीका लागि विवेक राना मगरले १११ बलमा ११ चौका ३ छक्कासहित ८९ जोडे। त्यसबाहेक प्रतिश जिसीले २२, प्रतिक श्रेष्ठले १७ रन थपे।

गण्डकीका तर्फबाट सुदिप अर्याल, कमल परियार र अभिशेक थापाले समान ३–३ विकेट लिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest