कुवेतमाथि नेपालको सानदार जित

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतमाथि ९ विकेटको सानदार जित हात पारेको छ ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार भएको खेलमा कुवेतलाई हराउँदै नेपालले दोस्रो जित हात पारेको हो ।

कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा इन्दु बर्माले १३ र रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि मारिया जस्वीले एक विकेट लिइन् ।

त्यसअघि जितेर पहिले ब्याटिङ गरेको कुवेत १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन जोडेको थियो ।

कुवेतका लागि प्रियादा मुरालीले १० बाहेक अन्य अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालका संगिता राई र कप्तान रुविना क्षेत्रीले समान ३–३ विकेट लिए ।

छनोटमा नेपाल यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest