यू–१९ राष्ट्रिय क्रिकेटमा सुदूरका अर्जुनको शतक

काठमाडौंमा जारी यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमका अर्जुन साउदले शतकीय पारी खेलेपनि उनको टोली भने पराजित भएको छ । यद्यपी जारी प्रतियोगितामा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बने ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा प्रदेश २ विरुद्ध अर्जुनले ११६ रनको पारी खेलेपछि सुदूरपश्चिमले ४१.४ ओभरमा सबै विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।

जवाफमा प्रदेश २ ले अन्तिम ५ बल बाकी रहँदै ८ विकेट गुमाएर लक्ष्य भेटायो ।

अर्जुनले ८५ बलमा १४ चौका र ५ छक्काको मद्दतमा १ सय १६ रन बनाएका थिए ।

त्यसबाहेक यू–१९ राष्ट्रिय टोलीका सदस्यसमेत रहेका लोकेश बमले ७३ बलमो १३ चौका र एक छक्कासहित ८१ रन जोडे ।

सुदूरपश्चिमका अन्य खेलाडीहरु नरेश भट्टले ३० र बसन्त कार्कीले २७ रन थपे । प्रदेश २ का प्रदिप पासवानले तीन तथा विवेक यादव र अजय यादवले दुई–दुई विकेट लिए ।

प्रदेश २ लाई जित दिलाउन आदिल अन्सारीले ४३ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ८७ रन जोडे ।

त्यसबाहेक प्रदेश २ का अमित यादवले ४९, गुल्सन झाले ४६, रोहन विकले २३ तथा सन्तोष कार्कीले २१ रन जोडे ।

सुदुरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले समान तीन–तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest