यू–१९ क्रिकेट: प्रदेश १ को लगातार दोस्रो जित

काठमाडौंमा जारी यू–१९ क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लगातार दोस्रो जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा बिहीबार कर्णाली प्रदेशलाई ७६ रनले पराजित गर्दै प्रदेश १ ले दोस्रो जित हात पार्यो ।

प्रदेश १ ले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली ३८ ओभरमा सबै हुदै १ सय ६३ रन मात्र जोड्न सक्यो ।

कर्णालीका लागि रुपक दाहालले ४१, मनिस थापाले ३९ रन जोडे । प्रदेश १ का श्रवण किस्कुले ४ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो ।

प्रदेश १ का लागि विवेक आनन्द मेहताले ५३, अंकित सुवेदीले ३७, सोनु मण्डलले २५, सोनी अन्सारीले २४ बनाए ।

कर्णालीका लागि अनुज कुमार चनारा, रुपक दाहाल र सान्दीप जंग शाहीले समान दुई–दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest