मलेसियालाई हराउँदै नेपाल शीर्षमा, ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्षमा उक्लिएको छ

योसँगै नेपालको नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ ।

मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८.२ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो ।

नेपालका लागि सिता राना मगरले ३०, कप्तान रुविना क्षेत्रीले २०, सरिता मगरले १५ रन र कविता कुँवरले १० रन जोडिन् ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन जोडेको थियो ।

उसका इल्सा हन्टरले ३९, मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रन बनाए ।
नेपालका सवनम राईले २ तथा कप्तान रुविना क्षेत्री, सिता राना मगर र कविता कुँवर १-१ विकेट हात पारे ।

नेपालले तीन जितसँगै ६ अंक जोडेको छ । आयोजक युएईले पनि लगातार तीन खेल जित्दै ६ अंक जोडेको छ । हङकङले दुई खेल जित्दै चार अंक जोडेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest