लम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौंमा जारी यु-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई २ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा २ सय ४१ रनको लक्ष्य लुम्बिनीले ४८.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

लुम्बिनीका लागि कप्तान देव खनालले ९२, वासिर अहमदले ३८ तथा विराट भण्डारीले ३२ रन जोडे ।

सुदुरपश्चिमका आकाश चन्दले ३ तथा शेर मल्लले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ४० रन बनाएको थियो ।

सुदुरपश्चिमका नारायण जोशीले ६४, बसन्त कार्कीले ५७, राहुल भण्डारीले ३७ रन जोडे । लुम्बिनी प्रदेशका मोहम्मद हुसेनले सर्वाधिक ४ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest