यू-१९ क्रिकेट : लुम्बिनीको तेस्रो जित

काठमाडौंमा जारी यू- १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले तेस्रो जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमती प्रदेशलाई ३ विकेटले पराजित गर्दै लुम्बिनीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

बागमतीले दिएको १ सय ९४ रनको लक्ष्य लुम्बिनीले ४६.५ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।

उसका कप्तान देव खनालले ६७, प्रज्वल थापाले ३४ रन तथा वासिर अहमदले ३१ रन जोडे । बागमतीका गौतम केसीले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४७ ओभरमा सबै विकेट गुमाउदै १ सय ९३ रन जोडेको थियो ।

बागमतीका लागि विवेक मगरले ४०, प्रशान्त महतले ३६ तथा विपिन शाहीले २४ रन जोडे ।
लुम्बिनीका विशाल विक्रम केसीले सर्वाधिक ४ विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest