विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालले पायो १२८ रनको लक्ष्य

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालले यूएईबाट १२८ रनको लक्ष्य पाएको छ । नेपालले यस खेल जितेरमात्रै पुग्दैन रनरेटमा समेत यूएईलाई रनरेटमा समेत पछि पार्नुपर्नेछ ।

दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

उसका चमानी सेनेभिरत्नले ५२ रन जोडिन् । ३६ बलमा उनले ७ चौका प्रहार गरिन् ।

दोस्रो विकेटका लागि तिर्थ साथिस र काविसा इगोडाजेले ५८ रनको साझेदारी गरेपछि यूएई उक्त स्कोरमा पुगेको हो । ओपनर तिर्थले ४७ तथा काविसाले २२ रन जोडिन् ।

नेपालका लागि कविता कुवँरले २ तथा संगिता राई, सवनम राई र सिता रानामगरले समान एक एक विकेट लिए ।

नेपाललाई हराएमा यूएईले भने सोझै ग्लोबल छनोटमा स्थान बनाउँनेछ । युएई ४ खेलमा अपराजित रहँदै ८ अंकमा शीर्ष स्थानमा छ । एक खेलमा हार तथा ३ खेलमा जित निकालेको नेपाल ६ अंकमा दोस्रो स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest