नेपाल यूएईसँग पराजित, तुहिँयो विश्वकप खेल्ने सपना

नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । योसँगै नेपालको विश्वकप खेल्ने सपना समेत तुहिएको छ ।

एसिया छनोटमा आइतबार भएको खेलमा यूएईसँग ४८ रनले पराजित हुँदै नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको हो ।

युएई भने लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा पुग्न सफल भयो ।

जित्नैपर्ने खेलमा १ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर ७९ रनमै समेटियो ।

नेपालका लागि इन्दु बर्माले १५, सिताराना मगरले १३, सरिता मगर ८, काजल श्रेष्ठ ८, अप्सरी बेगम ४, कविता कुँवर ४, करुणा भण्डारीले २ रन जोडिन् ।

युएईकी समाइरा धर्निधर्काले ४ तथा चामानी सेनेभिरत्ना र खुसी शर्माले समान २–२ विकेट लिए ।

त्यसअघि दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

उसका चमानी सेनेभिरत्नले ५२ रन जोडिन् । ३६ बलमा उनले ७ चौका प्रहार गरिन् ।

दोस्रो विकेटका लागि तिर्थ साथिस र काविसा इगोडाजेले ५८ रनको साझेदारी गरेपछि यूएई उक्त स्कोरमा पुगेको हो । ओपनर तिर्थले ४७ तथा काविसाले २२ रन जोडिन् ।

नेपालका लागि कविता कुवँरले २ तथा संगिता राई, सवनम राई र सिता रानामगरले समान एक एक विकेट लिए ।

नेपाललाई हराएमा यूएईले भने सोझै ग्लोबल छनोटमा स्थान बनाउँनेछ । युएई ४ खेलमा अपराजित रहँदै ८ अंकमा शीर्ष स्थानमा छ । एक खेलमा हार तथा ३ खेलमा जित निकालेको नेपाल ६ अंकमा दोस्रो स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest