सन्तोष कार्कीले शतक प्रहार गरेपछि काठमाडौंमा जारी यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।
बागमतीले दिएको २ सय ५४ रनको लक्ष्य प्रदेश २ ले ४१ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो ।
प्रदेश २ लाई जित दिलाउन सन्तोष कार्कीले १ सय ११ रनको इनिङ्स खेले । १ सय १ बलमा शतक पुरा गरेका कार्कीले १ सय १५ बल खेल्दै १४ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै कप्तान विवेक यादवले ७३ बल खेल्दै ६ चौका र ७ छक्कासहित ८६ र रोहन विकले २६ रन जोडे ।
बागमतीका लागि तिलक भण्डारीले २ विकेट तथा प्रतिस जिसी र प्रशान्त महतले एक–एक विकेट लिए ।
त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको ३ बल बाँकी रहँदा सबै विकेट गुमाएर २ सय ५३ रन जोडेको थियो ।
बागमतीका लागि स्वप्निल अधिकारीले ८३ बल खेल्दै ६ चौका र ५ छक्कासहित ८५ रन जोडे ।
यस्तै ओपनर विपिन शाहीले ८३ बलमा ५९ रन जोडे ।