फाइनल पुग्ने बागमतीको सम्भावना कायमै

काठमाडौंमा जारी यू–१९ क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि १ विकेटको जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले दिएको ७९ रनको लक्ष्य बागमतीले १९. ५ ओभरमा ९ विकेट गुमाएर भेट्टायो ।

जितसँगै बागमतीले फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ । बागमतीको पाँच खेलमा यो दोस्रो जित हो ।

त्यति नै खेल खेलेको कर्णालीभने चौथो खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

बागमतीको जितमा विवेक मगरले १८, क्रिस कार्कीले १२ र उत्तम मगरले ११ रन जोडे ।

कर्णालीका अनुज चानाराले ५ तथा प्रकाश जैसी, सुवास ऐर र युनिस सिंहले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २७.१ ओभरमा सबै विकेट गुमाएर ७८ रन जोडेको थियो ।

कर्णालीका निश्चल रावल १५, सन्दीप शाही १४ र विपिन रावल १२ रनमा आउट भए । बागमतीका गौतम केसीले ४ तथा विशाल यादवले ३ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest