सुदूरपश्चिमको दोस्रो जित

काठमाडौंमा जारी यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

गण्डकीले दिएको २ सय १० रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम चार बल बाँकी रहँदा ६ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो ।

सुदुरपश्चिमका लागि अर्जून साउदले ६८ रनको अर्धशतकीय पारी खेले । उनले ७९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

त्यसबाहेक राहुल भण्डारीले ४२ र खड्ग बोहोराले ४० रन थपे । गण्डकीका लागि सुवास भण्डारीले ३ तथा सुदिप अर्यालले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन जोडेको थियो ।

गण्डकीका लागि दिपक डुम्रेले ५६, उत्सव श्रेष्ठले ४० रन जोडे । सुदूरपश्चिमका कैलाश ऐरीले ३ तथा आकाश चन्द र गजेन्द्र बोहोराले समान दुई–दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest