लुम्बिनी यू–१९ क्रिकेटको फाइनलमा

लुम्बिनी प्रदेश काठमाडौंमा जारी यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार प्रदेश २ लाई ९ विकेटले पराजित गर्दै लुम्बिनी उपाधि नजिक पुगेको हो ।

प्रदेश २ ले दिएको १ सय ६९ रनको लक्ष्य लुम्बिनीले २६.५ ओभरमा एक विकेट गुमाएर भेट्टाएको थियो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले ६२, कप्तान देव खनालले ५६ रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाए ।

त्यसअघि प्रदेश २ ले ३९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

प्रदेश २ का ओपनर सन्तोष कार्कीले ८२ रन जोडे । उनले ९२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।

त्यसबाहेक गुल्सन झाले ३२ तथा आदिल अन्सारीले २२ रन थपेका थिए । लुम्बिनीले ६ मध्ये ५ खेल जित्दै फाइनलमा स्थान बनाएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest