सुदूरपश्चिमको फाइनल सम्भावना बलियो

सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी यू–१९ क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बुधबार खेलमा प्रदेश १ ले दिएको ९१ रनको लक्ष्य सुदुरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउदै भेट्टाएको थियो ।

सुदुरपश्चिमको जितमा वसन्त कार्कीले ३७ रन र अर्जून साउदले अविजित ३२ रन जोडे ।

प्रदेश १ का अभिनय राजवंशीले २ श्रवण किस्कु र अंकित सुवेदीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले सबै विकेट गुमाएर २४ ओभरमा ९० रनमात्रै बनाउँन सक्यो ।

प्रदेश १ का कप्तान अंकित सुवेदीले ६१ बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक ४ तथा नरेन्द्र साउदले ३ विकेट लिए ।

सुदुरपश्चिमले पाँचमध्ये तीन खेलमा जित हात पार्दै फाइनलको सम्भावना कायमै राखेको हो ।

यसअघि नै पाँचमध्ये तीन खेलमा जित हात पारेको प्रदेश १ को पनि फाइनल सम्भावना कायमै छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest