मुख्य प्रशिक्षकका लागि क्यानले लियो अन्तिम ५ जनाको अन्तर्वार्ता

नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षकमा आवेदन दिएकामध्ये अन्तिम ५ जनाको अन्तर्वार्ता लिएको छ

क्यानको मुख्य प्रशिक्षक छनोट समितिले आवेदन परेका ६० जनामध्ये ५ जनाको अन्तिम अन्तर्वार्ता लिएको हो ।

६० आवेदनमध्ये पहिलो चरणमा १५ जना छनोटमा परेका थिए । समितिले लिएको अन्तर्वार्तापछि ५ जनाको बुधबार अन्तिम अन्तर्वार्ता लिएको हो ।

क्यानले कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा ५ पाँच सदस्सीय मुख्य प्रशिक्षक छनोट समिति गठन गरिएको थियो ।

समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास तथा समितिका अन्तराष्ट्रिय क्रिकेट परिषदका एक प्रतिनिधि रहेका छन् ।

तत्कालिन मुख्य प्रशिक्षक डेभ व्हाटमोरले छाडेपछि क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest