यू-१९ क्रिकेट : प्रकाशको ८ विकेटमा कर्णालीको सुखद अन्त्य

कर्णाली प्रदेशले यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा प्रदेश २ माथि २ विकेटको जित हात पार्दै सहज अन्त्य गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा प्रदेश २ ले दिएको ४६ रनको कर्णालीले ८ विकेट गुमाएर १३.३ ओभरमा पूरा गर्‍यो ।

कर्णालीका लागि प्रकाश जैसीले १६ रन जोडे । प्रदेश २ का राजेश यादवले ६ विकेट लिए ।

त्यसअघि टसजितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले १३.४ ओभरमा सबै विकेट गुमाएर ४५ रनमात्रै जोड्न सक्यो ।

प्रदेश २ का सन्नी साहले १२ र सन्तोष कार्कीले ११ रन बनाए । कर्णालीका प्रकाश जैसी एक्लैले ८ विकेट लिए ।

दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रदेश २ ले ६ मध्ये दुई खेलमात्र जित्न सक्यो ।

कर्णालीले पनि ६ मध्ये दुई खेलमा जित हात पार्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest