यू-१९ क्रिकेट : बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

बागमती प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

अब सुदूपश्चिमले उपाधिका लागि आइतबार लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ । ६ खेलमध्ये ४ खेलमा जित निकालेको सुदूरपमश्चिमले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

९६ रनको लक्ष्य पाएको सुदुरपश्चिमले ३२.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

सुदुरपश्चिमका लागि नरेन भट्टले अविजित ३७ रनको पारी खेले । त्यसबाहेक बसन्त कार्कीले ११ र खडक बोहराले ५ रन जोडे ।

बागमतीका गौतम केसी र प्रतिश जिसीले समान एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ३०.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रनमात्रै जोड्न सकेको थियो ।

विवेकमगरले सर्वाधिक ३२ तथा क्रिस कार्कीले १७ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

सुदुरपश्चिमका हेमन्त धामीले सबै भन्दा धेरै ५ विकेट हात पारे । धामीले १० ओभर बलिङ गर्दा ४ मेडन ओभर गर्दै १९ रन खर्चिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest