एजाज पटेल टेष्ट क्रिकेटमा १० विकेट लिने तेस्रो खेलाडी

न्युजिल्यान्डका स्पिनर एजाज पटेल अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटमा एक इनिङमा सबै १० विकेट लिने तेस्रो बलर बनेका छन् । उनले शनिवार भारतविरुद्धको दोस्रो टेस्टमा वानखेडे स्टेडियममा यो उपलब्धि हासिल गरेका हुन ।

भारतको मुम्बईमा जन्मेका बायाँ हातका एजाज, आमाबुबा सँगै सन् १९९६ मा न्युजिल्याण्ड बसाइ सरेका थिए । उनले शुक्रबार पहिलो दिन चार विकेट लिएका थिए भने बाकी ६ विकेट आज दोस्रो दिन लिन सफल भए । कुल ४७.५ ओवर बलिङ गर्दै १० विकेट लिएका एजाजले ११९ रन खर्चिए ।

यसअघी इंग्ल्याण्डका अफ स्पिनर जिम लेकर (१९५६ अस्ट्रेलिया विरुद्ध) र भारतका लेग स्पिनर अनिल कुम्बले (१९९९ पाकिस्तान विरुद्ध) अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटमा एक इनिङमा सबै विकेट लिएका थिए ।

लेकरको १०-५३ र कुम्बलेको १०-७४ पछि, टेस्ट क्रिकेट इतिहासमा तेस्रो उत्कृष्ट खेलाडी पटेलले आफ्नो ११ औं टेस्ट खेलमा कुल विकेट संख्या ३९ पुर्‍याएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest