सीतालाई कसरी जुर्‍यो हङकङमा खेल्ने अवसर?

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा क्रिकेट प्रतियोगिता खेल्ने भएको छिन्।

उनले हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेस्नल २०२२ खेल्ने भएको हुन् ।

यससँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी बनेकी छिन् ।

सीताले खेल्न लागेको फेयर ब्रेक इन्भिटेस्नल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त महिला ट्वान्टी–२० प्रतियोगिता हो ।

प्रतियोगितामा खेल्ने अवसर उनलाई क्विन्स इभेन्ट मेनेजमेन्ट प्रा.लिले जुराई दिएको हो ।

क्विन्समा पूर्व राष्ट्रिय टोलीका कप्तान पारस खड्का, वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल तथा क्यान सदस्य छुम्बी लामा आवद्ध छन् ।

क्विन्सले पोखरामा पोखरा प्रिमियर लिगको समेत आयोजना गर्दै आएको छ ।

सीताले सहभागिता जनाउन लागेको प्रतियोगिता आउँदो वर्षको मे १ देखि १५ तारिखसम्म हङकङमा हुँदैछ । प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा भारतीय र पाकिस्तानी चर्चित खेलाडीले समेत सहभागिता हुने भएकाले आफ्ना लागि ठूलो अवसर भएको सीताले जनाइन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest