सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीलाई यू–१९ क्रिकेटको उपाधि

सुदूरपश्चिममाथि ११३ रनको फराकिलो अन्तरले पराजित गर्दैै लुम्बिनी प्रदेशले यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८.३ ओभरमा ९९ रनमै समेटिएपछि उपाधिबाट वञ्चित रह्यो ।

सुदूरका लोकेश बमले २५ रनबाहेक अन्य ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन । लुम्बिनीका स्पिनर अजय चौहानले ५.३ ओभरमा २० रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले ५० ओभरमा २ सय १२ बनाएको थियो ।

लुम्बिनीका कप्तान देव खनालले ९५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७० रन जोडे । यस्तै विशाल विक्रम केसीले ६९ बलमा ४ चौका र २ छक्का सहित ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

सुदूरपश्चिमका आकाश चन्दले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक ३ तथा शेर मल्लले १० ओभरमा १ मेडन सहित १७ रन खर्चेर २ विकेट लिए ।

विजेता लुम्बिनीले २ लाख र उपविजेताले १ लाखसहित ट्रफी प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशका मोहम्मद हुसेन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । २१ विकेट लिएका उनले १५ हजार हात पारे ।

उत्कृष्ट बलर समेत बनेका उनले थप १० हजार हात पारे । लुम्बिनीकै कप्तान देव खनाल प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान बन्दै १० हजार पुरस्कार पाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest