न्युजिल्यान्डविरुद्ध दोस्रो टेष्टमा भारत ३७२ रनले बिजयी, शृंखला १-० ले जित्यो

जयन्त यादवले सोमबार छ बलमा तीन विकेट लिएपछि भारतले मुम्बईमा भएको दोस्रो टेष्टमा न्यूजिल्याण्डलाई ३७२ रनले पराजित गर्दै दुई खेलको शृङ्खला १-० ले जित्यो।

वानखेडे स्टेडियममा चौथो दिनको खेल सुरु भएको ४० मिनेटमै भारतले न्युजिल्यान्डको तल्लो अर्डरलाई पराजित गर्‍यो। ५४० रनको विशाल लक्ष्य पछ्याउँदै न्यूजिल्याण्ड ५६.३ ओभरमा १६७ रनमा अलआउट भयो।

भारतका लागी रविचन्द्रन अश्विनले ४–३४, जयन्त यादवले ४–४९ विकेट लिए । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा न्यूजिल्याण्डसँगको हारको पूर्ण बदला लिँदै भारत ले नयाँ इतिहास पनि रच्यो । टेष्ट क्रिकेटमा भारतको यो सबैभन्दा ठूलो जित हो ।

यस अघी भारतले २०१५ मा दिल्लीमा दक्षिण अफ्रिकाविरुद्ध ३३७ रनको जित दर्ता गरेको थियो। यो न्युजिल्यान्डको सबैभन्दा ठूलो टेष्ट हार पनि थियो, यस अघी जोहानेसबर्ग (२००७) मा दक्षिण अफ्रिकासँग ३५८ रनले हारेको थियो।

पहिलो इनिङ्समा भारतले ३२५ र दोस्रो इनिङ्समा २७६-७ रन बनाएको थियो । न्युजिल्यान्ड पहिलो पारीमा ६२ रन मा अलआउट भयो र दोस्रो पारीमा १६७ मा समेटियो ।

कानपुरमा भएको पहिलो टेष्ट बराबारी मा रोकिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest