नेपालको टी-२० वरियता यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरियताक्रम अनुसार नेपालको टी–२० वरीयताक्रम यथावत छ ।

आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयता नेपाल १२ औं स्थानमा यथावत रहेको छ ।

टी-२० को विश्व वरीयतामा इंग्ल्यान्ड, भारत र पाकिस्तान क्रमश: पहिलोदेखि तेस्रो स्थानमा छन् ।

यस्तै चौथो स्थानमा न्युजिल्याण्ड र पाँचौं स्थानमा दक्षिण अफ्रीका र विश्वविजेता अष्ट्रेलिया छैटौं स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest