सन्दीपसहित ११ खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा

आगामी संस्करणको पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्टमा सन्दीप लामिछानेसहित ११ नेपाली खेलाडी परेका छन् ।

स्पिनर सन्दीप प्लाटिनम तथा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी गोल्ड क्याटेगोरीमा परेका छन् ।

यस्तै बाँकी खेलाडीहरु सिल्भर क्याटेगोरीमा छन् । सिल्भरमा सोमपाल कामी, सुशन भारी, शरद भेषावकर, सुवास खकुरेल, ललितनारायण राजवंशी, पवन सरार्फ, बसन्त रेग्मी, विक्रम सोब र सहाब आलम रहेका छन् ।

पीएसएलमा सहभागी प्रत्येक टोलीले प्लाटिनम, डायमन्ड, र गोल्ड क्याटेगोरीबाट समान तीन–तीन खेलाडी तथा सिल्भरबाट पाँच खेलाडी छान्नु पर्ने प्रावधान रहेको छ ।

प्लाटिनम क्याटेगोरीमा रहेका खेलाडीले १ लाख ३० हजार देखि १ लाख ७० हजार अमेरिकी डलर तथा सिल्भरमा रहेकाले १५ हजार देखि २५ हजार अमेरिकी डलर सम्म प्राप्त गर्नेछन् ।

पीएसएल आगामी संस्करण जनवरी २७ देखि फेब्रुअरी २७ सम्म हुने तालिका रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest