यू-१९ क्रिकेट टोलीको प्रशिक्षकमा बसन्त शाही नियुक्त

नेपाल क्रिकेट संघ (क्यान)ले नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरीलाई नियुक्त गरेको छ ।

युनाईटेड अरब इमिरेट्समा हुने एसीसी यू–१९ एसिया कपको बन्द प्रशिक्षणका लागि ठकुरीलाई यू-१९ टोलीको जिम्मेवारी दिइएको क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।

ठकुरीले आफ्नो प्रशिक्षणमा लुम्बिनीले आईतबारमात्रै सम्पन्न यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि दिलाएका थिए । लगत्तै क्यानले उनलाई उमेर समूहको टोलीको जिम्मेवारी दिएको हो ।

नेपाली टोलीले बुधबारदेखि प्रशिक्षक सुरु गर्दैछ । क्यानले बन्द प्रशिक्षणको लागि अहिले २० खेलाडीलाई टोलीमा समावेश गरेको छ ।

प्रतियोगिताका लागि नेपाल डिसेम्बर १९ सम्म प्रतियोगिता आयोजना हुने स्थलमा पुग्नुपर्नेछ ।

एसिया कप युएईमा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ ।

एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest