नेपालले भोलि मुख्य प्रशिक्षक पाउने सम्भावना

नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार(भोलि) नयाँ मुख्य प्रशिक्षक पाउने सम्भावना बढेको छ।

क्यान स्रोतका केही प्राविधिक समस्या नआए भोलि मुख्य प्रशिक्षकको टुंग्गो लाग्नेछ।

क्यानले एक हप्ताअघि नै ६० जना आवेदकमध्ये ५ जनाको नाम छान्दै अन्तिम अन्तर्वार्ता लिइसकेको थियो।

नेपाली क्रिकेट टोलीको नयाँ प्रशिक्षक भारतीय प्रशिक्षक मोन्टी देसाई बन्ने लगभग पक्का जस्तै छ।

क्यानका एक उच्च अधिकारीका अनुसार अन्तर्वार्ता दिएका ५ जनामध्ये भारतीय प्रशिक्षक मोन्टी देसाई सम्भावना बढी छ। त्यसपछि नेपालका पूर्व प्रशिक्षक समेत रहेका क्यानडेली पुबुदु दासानायकेको सम्भावना रहेको छ।

‘मोन्टी देसाईले राम्रो प्रिजिटेन्सन दिनुभएको छ। उहाँको नाम एक नम्बरमा छ,’ प्रशिक्षक छनोट समितिका एक सदस्यले भने, ‘उहाँको पारिश्रमिक लगायतको माग एकदमै बढी छ। उक्त माग धान्न सके मोन्टी नेपाली टोलीको नयाँ प्रशिक्षक बन्नुहुनेछ।’

समितिका केही सदस्यहरु भने पूर्व प्रशिक्षक पनि भएका नाताले पुबुदुलाई पुनः फर्काउनुपर्ने पक्षमा पनि छन्। मोन्टीसँग पारिश्रमिकलगायत प्राविधिक कुरा नमिले पुबुदुले फेरि नेपाली टोली सम्हाल्ने सम्भावना उच्च छ।

क्यानले लिएको ५ जनाको अन्तर्वार्तामा मोन्टी र पुबुदुसँगै न्यूजिल्याण्डका ग्रान्ड एरिक ग्रहनवड तथा श्रीलंकाका अशंखा गोरुसिंगे र रोहनकल्प रहेका छन्।

को हुन् मोन्टी देसाई?
भारतीय प्रशिक्षक मोन्टी देसाईले २०१९ मा वेस्ट इन्डिको पुरुष टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएको छ। दुईवर्ष उनले वेस्टइण्डिज टोली सम्हाले।

क्यान निलम्बनमा परेका बेला सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व ट्वान्टी–ट्वान्टी छनोटमा देसाईले नेपाली टोलीलाई सघाएका थिए। यस्तै दुई वर्षअघि देसाईले नेपाली यू–१९ टोलीको ब्याटिङ कन्सल्टेन्टको भूमिका निर्वाह गरेका थिए ।

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ का लागि उनले क्यानडाको मुख्य प्रशिक्षक बन्दै काम गरेका थिए।

त्यसबाहेक उनले आइसीसी विश्वकप छनोट २०१८ का लागि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक भएर पनि काम गरे।

आइपीएलमा उनले राजस्थान रोयल्स र गुजराज लाइन्सको प्रशिक्षकमा रुपमा समेत काम गरे।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest