बीबीएलको पहिलो खेलमै सन्दीपले लिए विकेट

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग(बीबीएल)मा यस सिजनको पहिलो विकेट लिएका छन्।

होबार्ट हुरिकेन्सबाट खेलिरहेका सन्दीपले पहिलो खेलको आठौं ओभरको पहिलो बलमा सिड्नी सिक्सर्सका डान क्रिस्टियनको विकेट लिएका हुन्।

सन्दीपले क्रिस्टियनलाई जोर्डन कक्सको हातबाट क्याच गराए। सन्दीपले आफ्नो ४ ओभरमा २४ रनमात्रै खर्चिएर १ विकेट लिएका छन्।

सन् २०१८ मा बिगबास लिगमा डेब्यु गरेका सन्दीपले दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए।

लामिछानेले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest