कोहलीको स्थानमा रोहित शर्माले भारतको एकदिवसिय कप्तानको जिम्मेवारी सम्हाल्ने

भारतीय क्रिकेट बोर्डले बुधवार एक ठूलो घोषणा गर्दै रोहित शर्मालाई भारतीय क्रिकेट टोलीको नयाँ एकदिवसिय कप्तानमा नियुक्त गरेको छ। शर्माले दक्षिण अफ्रिका सिरिजबाट विराट कोहलीको स्थान लिनेछन् ।

“बीसीसीआईले रोहित शर्मालाई एकदिवसिय र टि-२० टोलीको कप्तानको रूपमा नाम दिने निर्णय गरेको छ,” बिसिसीआइले बिहीबार ट्वीट गर्‍यो।

भारतीय क्रिकेट बोर्डले डिसेम्बर २६ मा सुरु हुने तीन टेष्ट शृंखलाका लागि भारतको टोली घोषणा गरेको दिनमा यो घोषणा गर्‍यो।

२०१७ मा एमएस धोनीले पद छोडे लगत्तै कोहली ले भारतको कप्तानको रूपमा पदभार ग्रहण गरेका थिए । उनको कप्तानीमा भारतले ७०.४३ प्रतिशतको जीत निकाल्दै देशको सबैभन्दा सफल एकदिवसिय कप्तान भएका छन । उनले ९५ एकदिवसिय खेलमा भारतको नेतृत्व गरे – ६५ जित र २७ मा हार, र धोनी, मोहम्मद अजहरुद्दिन र सौरभ गांगुलीपछि सबैभन्दा धेरै खेल खेल्नेहरूको सूचीमा चौथो स्थानमा छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest