कप्तानी छोड्दै थिएनन कोहली, बीसीसीआईले अल्टिमेटम दिएर हटायो

कोहलीलाई बर्खास्त गर्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले रोहित शर्मालाई एक दिवसीय अन्तर्राष्ट्रिय(ओडिआई)को कप्तान बनाएको छ ।

दक्षिण अफ्रिकाको भ्रमणको टोली घोषणा गर्ने क्रममा कोहलीको स्थानमा बोर्डले शर्मालाई कप्तानमा नियुक्त गरेको हो ।

रोहितले डिसेम्बर २०१७ देखि अहिलेसम्म १० ओडिआईमा भारतीय टोलीको कप्तानी गरिसकेका छन् । जसमा आठ खेलमा भारतले जित हात पारेको छ भने दुई खेलमा पराजय भोगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कोहलीलाई कप्तान छोड्न बीसीसीआईले ४८ घण्टाको अल्टिमेटम दिएको थियो । तर कोहली मानिरहेका थिएनन ।

उक्त समयसम्म भारतीय छनोटकर्ताले विराटको नतिजा कुरेका थिए । कोहलीले राजीनामा नदिएपछि ४९ औं घण्टामा कोहलीलाई बर्खास्त गर्ने निर्णय छनोटकर्ताले गरेका थिए ।

बोर्डले २०२३ मा भारतमा हुने ओडिआई विश्वकपलाई लक्ष्य राखेर रोहितलाई कप्तानमा नियुक्त गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार कोल्ी २०२३ को विश्वकपसम्म भारतीय टोलीको कप्तान रहन चाहान्थे । तर छनोटकर्ताले उनलाई त्यो मौका दिएनन ।

कोहलीले ५ वर्ष भारतीय टोलीको कप्तानी सम्हालेका कारण उनलाई सम्मानजनक विदाई दिने तयारी बीसीसीआई दिने तयारी गरेको थियो । तर कोहलीले अल्टिमेटमभित्र राजिनामा नदिएपछि उनलाई बर्खास्त गरिएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest