नेपाली टोलीको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त!

क्यानेडेली नागरिक पुबुदु दासानायके नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पुन: नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)को प्रशिक्षक छनोट समितिले राष्ट्रिय टोलीको दासानायकेलाई पुन: मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

समितिले छनोट पुबुदुको नाम छनोट गर्दै अन्तिम स्वीकृतिका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा बिहीबार साँझ पठाएको थियो ।

अब आइसीसीले पनि स्वीकृति गरेपछि शनिबार बिहान बसेको क्यान बैठकले पुबुदुको नाम अनुमोदन गरेको हो ।

यसअघि दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीका मुख्य प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मो पहिलो पटक टी-२० विश्वकप खेलेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा आवेदन दिएका ६० जनामध्ये अन्तिम ५ जनाको अन्तर्वार्ता लिएको छ।

जसमा भारतीय प्रशिक्षक मोन्टी देसाईसँगै राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुबुदु, श्रीलंकाका अशंखा गुरुसिंहा, न्यूजिल्याण्डका ग्रान्ट ब्राडवर्न र श्रीलंकाका रुवान कल्प थिए।

क्यानले कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा ५ पाँच सदस्यीय मुख्य प्रशिक्षक छनोट समिति गठन गरिएको थियो। छनोट समितिमा समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का एक प्रतिनिधि थिए ।

आइसीसीका प्रतिनिधि समेत सामेल रहेको समितिले पुबुदुलाई नै छनोट गरेका उनी नेपाली टोलीको प्रशिक्षक बन्ने तय भएको क्यानका एक अधिकारीले बताए ।

समितिले मोन्टी देसाईलाई १ नम्बरमा छनोट गरेपनि उनीसँग पारिश्रमिक र समयको कुरा नमिलेपछि पूर्व प्रशिक्षक पुबुदु प्रशिक्षक बन्ने पक्का भएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest