नेपाल क्रिकेट संघ (क्यान) ले पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिता पुस ३ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश-१ र कर्णाली प्रदेश भिड्ने खेल तालिका रहेको छ ।
सोही दिनको दोस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश खेल्नेछन् ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा प्रदेश-१, लुम्बिनी प्रदेश,बागमती प्रदेश,कर्णाली प्रदेश रहेको छ ।
समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश-२ रहेको छ ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
सम्पूर्ण खेल तालिका-