सन्दीपको विकेटको बाबजुद हुरिकेन्स पराजित

नेपाली स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएको खेलमा होबार्ट हुरिकेन्स पराजित भएको छ ।

बिगबास लिग(बीबीएल)मा होबार्ट पर्थ स्कोचर्ससँग ५३ रनले पराजित हुँदा सन्दीपले एक विकेट लिए ।

पर्थले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको होबार्ट १९ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रनमै समेटिएको थियो ।

होबार्टका बेन म्याकडेरमोटले ४१, डी’आर्ची सर्टले ३१ रनसहित नेपाली स्पिनर सन्दीपले सन्दीपले नटआउट रहँदै १३ रन जोडे ।

यस अघि पहिले ब्याटिङ गरेको पर्थले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । उसका मिचेल मार्शले अविजित १०० रनको शतकीय इनिङ्स खेले ।

होबार्टका नाथन एलिसले २ तथा सन्दीपले १ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै १ विकेट लिएर ३२ रन खर्चिए ।

होबार्टका लागि छैटौं ओभरमै बलिङमा ल्याएको थियो । सन्दीपले पहिलो बलमै जोश इंग्लिसलाई क्लेव ज्वेलबाट दुई रनमा क्याच गराउँदै विकेट हात पारे ।

यसअघि सन्दीपले सिड्नी सिक्सर्ससँग पहिलो खेलमा एक विकेट र दोस्रो खेलमा विहीन बनेका थिए । होबार्टले अव २० डिसेम्बरमा पर्थसँगनै खेल्नेछ ।

यस हारसँगै होबार्ट ३ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पर्थ १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest