यू–१९ एसिया कप : नेपालको पहिलो खेल बंगलादेशसँग

यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ ।

एसियन क्रिकेट काउन्सि (एसीसी)ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल बंगलादेशसँग हुने भएको हो ।

यू–१९ एसिया कप दुई सातापछि युएईमा सुरु हुँदैछ । एसीसीले खेल तालिका र समूह विभाजन सार्वजनिक गरेको हो ।

समूह बी मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् ।

समूह ए का खेल दुबई र बी का खेल शारजाहमा हुनेछन् । यू–१९ एसिया कप पुष ८ देखि १६ गते सम्म (डिसेम्बर २३ देखि ३१ सम्म ) युएईमा चल्नेछ ।

नेपालले पहिलो खेल पुष ८ (डिसेम्बर २३) मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ । नेपालले पुष ११ (डिसेम्बर २६) मा श्रीलंका र पुष १३ (डिसेम्बर २८) मा कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । दुबै सेमिफाइनल पुष १५ (३० डिसेम्बर) मा हुनेछ । फाइनल पुष १६ (डिसेम्बर ३१ मा) हुनेछ ।

दुबै समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल आइसिसी एकेडेमी ओभल १ मा र दोस्रो शारजाह क्रिकेट मैदानमा हुनेछ ।

सबै टोली पुष ५ मा युएई पुगि सक्नुपर्ने हुन्छ । पुष ६ मा क्वारेनटाइन र पुष ७ मा अभ्यास हुनेछ । नेपालले २० सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest