निर्णय पुनर्विचार गर्न क्यानलाई खेलाडीको आग्रह

कारबाहीमा परेका चार क्रिकेटरहरुले सामुहिक रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान)लाई आफूहरुमाथि गरिएको कारबाहीको पुनर्विचार गर्न आग्रह गरेका छन्।

पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले पत्रकार सम्मेलन गर्दै क्यानले गरेको कारबाही पुनर्विचार गर्न आग्रह गरेका हुन्।

सबै खेलाडीका तर्फबाट प्रेश विज्ञप्ति वाचन गर्दै मल्लले भने, ‘क्यानले यस निर्णयमा पुनर्विचार गरोस् भन्ने चाहन्छौं । हामी सबै एउटै परिवार हौं। एकै ठाउँमा बसेर संवादबाट निकास निकालौ भन्ने चाहेका छौं।’

उनले क्यानलाई तत्काल संवाद अघि बढाउन समेत आग्रह गरेको छ। क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण आउनसक्ने उनले बताए।

यस्तै मल्लले राष्ट्रिय टिमभित्र आफुले गुट बनाएको आरोप निराधार रहेको बताएका थिए। आफूहरुलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाकमा नराख्ने गरि गरिएको कारबाहीले दुखी बनाएको ज्ञानेन्द्रको भनाई थियो।

‘राष्ट्रिय टिमभित्र मैले गुट बनाएको आरोप निराधार हो। कप्तान बनेपछि मलाई लाग्दैन मैले टिमभित्र छुट्टै गुट बनाउनुपर्छ,’ उनले भने।
क्यानको कारबाहीमा परेका खेलाडीले पछिल्लो समय खेलाडीको बर्गिकरणको विषयलाई लिएर असन्तुष्टि जनाएका थिए। सोही विषयलाई लिएर क्यानले स्पष्टिकरण पनि मागेको थियो।

तर स्पष्टिकरण चिक्तबुझ्दो नभएको र खेलाडी अनुशासन भन्दा बाहिर गएको भन्दै कप्तान, उपकप्तान सहितका चार खेलाडीलाई कारबाही गरेको थियो। कप्तान र उपकप्तानको जिम्मेवारी खोस्दै सन्दीप लामिछानेलाई कप्तानमा नियुक्त गरेको थियो।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest