बागमती र कर्णाली पीएम कपबाट बाहिरिए

प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिताको प्रतियोगिताको समुह ए मा रहेका बागमती प्रदेश र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् ।

दुबै प्रदेश समुह चरणका खेलेका दुबै खेलमा पराजित हुदैं प्रतियोगिताबाट बाहिरिएका हुन् । कर्णाली प्रदेश पहिलो खेलमा प्रदेश १ सँग १६० रनले पराजित भयो भने दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग १० विकेटले हार्यो ।

बागमति प्रदेश पनि लुम्बिनी प्रदेशसँग ७ विकेट र प्रदेश नम्बर १ सँग ५५ रनले हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतियोगिताको तेस्रो सोमबार दिन दुई वटा खेल हुनेछन् । सोमबारका दुई खेल समुह बी का टोली बीच हुनेछ । पहिलो खेलमा घरेलु टोली सुदुरपश्चिम र विभागीय टोली एफिएफ क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर २ खेल्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।
७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइदैछ ।

समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest