सन्दीप विकेटविहिन बनेको खेलमा होबार्टको हार

नेपाली लेग स्पिनर सन्दीप लामिछानेविहिन बनेको खेलमा उनको टोली होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा पराजित भएको छ।

सोमबार होबार्ट पर्थ स्कोचर्ससँग ४२ रनले पराजित भएको हो । पर्थले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।

होबार्टका विल पार्करले २५, नाथन एलिसले २०, म्याथ्यु वेड,कालेब जेवेल र डी’आर्ची सर्टले समान १३-१३ र सन्दीप ८ रन बनाए।

पर्थका एन्ड्रयु टेले ३ तथा पिटर हाट्जोग्लु र एस्टन अगरले २-२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पर्थले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

पर्थका कुर्टिस पाटर्सनले ७८, एस्टन अगरले ३० तथा मिचेल मार्शले २० रन बनाए ।होबार्टका जोर्डन थोम्पसनले ३ तथा टमरोजेर्सले २ विकेट लिए ।

सन्दीपले ४ ओभर बलिङ गर्दै ३९ रन खर्चिएपनि विकेटविहिन रहे । यस हारसँगै होबार्ट ४ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पर्थ १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest