पीएम कप: प्रदेश १ समूह विजेता, लुम्बिनी उपविजेता

धनगढीमा जारी प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको समुह ए बाट प्रदेश नम्बर १ विजेता र लुम्बिनीप्रदेश उपविजेता बनेका छन् ।

समुह ए बाट यसअघि नै सेमिफाईनल पुगेका दुबै टोलीमध्ये लुम्बिनीलाई प्रदेश १ ले हराएको हो । यो खेलको नतिजापछि प्रदेश १ समुह ए को विजेता र लुम्बिनी उपविजेता बनेका हुन् ।

फाप्ला मैदानमा मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले हराएको हो । प्रदेशनम्बर १ ले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा ११४ रन बनायो ।प्रदेशनम्बर १ का लागि अप्सरी वेगमले सर्वाधिक ४४ रन बनाईन् ।

टीमका लागि काजोल श्रेष्ठले ४० रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १५ रन थपिन् । दोस्रो विकेटका लागिकाजोल र अप्सरीले ६२ रनको साझेदारी गर्दै टीमलाई उच्च स्कोरतिर डोराईन् । लुम्बिनी प्रदेशका लागि नेरी थापा, मधु डिसी र सरस्वतीपुनले एक एक विकेट लिईन् ।

११५ रनको विजयलक्ष्य पछ्याएको लुम्बिनीले ४७ रन मात्रै बनाउन सक्यो । निर्धारित २० ओभरमालुम्बिनीले ९ विकेट क्षतिमा ४७ रन बनायो । लुम्बिनीको पारीमा कुनै पनि खेलाडीले दोहोरो रन अंकजोड्न सकेनन् ।

सरस्वती पुन र नितु भण्डारीले बनाएको नौ रन नै सर्वाधिक हो । तीन खेलाडी शुन्यमा आउट भए । तीनजना रनआउट भए । प्रदेशनम्बर १ का लागि कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन् । अलिशा खाडियाले दुई र संगिता राईले एक विकेट लिईन् ।

खेलमा प्रदेश नम्बर १ की कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच भईन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest