क्यान अध्यक्षमाथि ६ सदस्यका ९ गम्भीर आरोप

नेपाल क्रिकेट संघ (क्यान)का ६ जना कार्यसमिति सदस्यहरुले खेलाडीमाथि क्यानको नेतृत्वले नियोजित गरेको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यसमिति सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बी लामाले खेलाडीहरुलाई सम्मानको बदला अनुशासनको नाममा नेतृत्वकर्ताले नियोजित कारबाही गरेको जनाएका हुन्।

उनीहरुले जारी गरेको वक्तव्यमा क्यान नेतृत्वमाथि लगाएका ६ गम्भीर आरोप यस्ता छन्-

१) सवा दुई वर्षको अवधिमा पनि आईसीसीबाट पूर्ण निलम्बन फुकुवा हुने वातावरण बनाउन नसकेको

२) क्रिकेट खेलाडीहरुलाई सम्मानको बदला अनुशासनको नाममा नियोजित कारबाही गरिएको

३) अनुशासन समिति गठन हुँदाहुँदै सो समितिलाई कार्य गर्न नदिई, एक्कासी संयोजकलाई हटाउनु, छानबिन समितिको नाममा निर्णयकर्ता नै संयोजक भएर बसाउनु ।

४) छानबिन प्रतिवेदन बोर्ड सदस्यहरुलाई समेत जानकारी नगराउनु र असहमतिका बाबजुद खेलाडीहरुको भविष्यमाथि खेलवाड हुने गरी कारबाही गरिनु ।

५) कार्यसमितिको बैठकमा एजेण्डा वितरण नगरी आफू खुसी प्रस्तावहरू ल्याएर छलफल गर्ने, निर्णय पनि आफ्ना अनुकुलतामा लेख्ने तथा कतिपय निर्णयहरु छलफल नै नगरी लेख्ने गरेको ।

६) कार्यकाल सम्पन्न भएका जिल्लालाई समेत आगामी साधारणसभामा सहभागी गराई चलखेल गर्न खोज्नु ।

७) संघमा कर्मचारी दरबन्दी कायम नगरी आफूखुशी भर्ना गरेको र सो कर्मचारीको काम कर्तव्य तथा तलव सुविधाबारे कुनै निर्णय बारे जानकारी नगराइएको छैन।

८) वार्षिक क्यालेन्डर बनाउन नसकेको । संघको नामको राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न नसक्नु, संघको जनरल मेनेजर र क्रिकेट मेनेजरको नियुक्ति भएको १ वर्ष अवधिमा निजहरुबाट पदीय जिम्मेवारी अनुसार काम लिन नसकेको ।

९) प्रदेश र जिल्ला क्रिकेट संघहरूलाई प्रदान गर्ने भनिएको क्रिकेट सामग्री खरिद प्रक्रियामा बोर्डमा छलफल र निर्णय नगरी ठूलो राशिको सामान खरिद गरिएको । खरिद ऐनअनुसार नभएको । कार्यालय निर्माण तथा व्यवस्थापनका नाममा खर्च भएको रकममाथि प्रश्न उठेको ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest