सुदुरपश्चिमलाई हराउँदै एपिएफ सेमिफाईनलमा

विभागीय टीम एपिएफ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । बुधबारको पहिलो खेलमा एपिएफले सुदुरपश्चिमलाई ८९ रनले हराएको हो । लगातार दोस्रो जितसँगै एपिएफ सेमिफाईनल प्रवेश गरेको छ ।

सुदुरपश्चिमलाई सेमिफाईनल पुग्नका लागि अवको अन्तिम प्रदेश नम्बर २ लाई हराउनु पर्नेछ । बुधबारको दोस्रो खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई हराउँदै सेमिफाईनल प्रवेशको सम्भावना कायम राखेको छ ।

समुह बी मा दुई खेलमा दुबैमा जित हात पार्दै एपिएफ चार अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । समान दुई खेल खेलेका सुदुरपश्चिम र प्रदेश नम्बर २ को एकमा जित र एकमा हार सहित दुई अंक रहेको छ । रनरेटमा सुदुरपश्चिम प्रदेश दोस्रो स्थानमा रहेको छ भने प्रदेश नम्बर २ तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको गण्डकी प्रदेश दुई खेलमा जित विहीन हुदैं अंक विहीन भएर पुछारमा रहेको छ ।

धनगढीको फाप्ला मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा एक सय २८ रन बनायो । एपिएफका लागि ओपनर ईन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिए ।

एक सय २९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमको पारी एपिएफको बलिङ सामु टिक्न सकेन् । सुदुरपश्चिमले १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रन मात्रै बनाउन सक्यो । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजिया र रुवि पोदारले समान १० रन बनाए । अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् ।

एपिएफका लागि करुणा भण्डारीले ४ विकेट लिईन् । सोनु खड्का, रेखा रावल र सीता राना मगरले समान १ विकेट लिईन् । खेलमा ४ विकेट लिएकी एपिएफकी करुणा भण्डारी प्लेयर अफ द म्याच भईन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest