आज बंगलादेशसँग खेल्दै नेपाल, यस्ता छन् विगतका रेकर्ड

एसिसी यू १९ एसिया कपमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । शारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार मध्याहन्न सवा ११ बजे हुनेछ ।

उमेर समूहमा बंगलादेशविरुद्ध नेपालको प्रदर्शन पछिल्लो दशक त्यति राम्रो भने छैन । बंगलादेश र नेपालबीच २००८ यता भएका पाँच खेलमध्ये चार खेलमा बंगलादेश विजयी भएको छ । एक खेल वर्षाको कारण हुन सकेको छैन ।

अन्तिम पटक २०१९ मा भएको खेलमा बंगलादेशले नेपाललाई ६ विकेटले हराएको थियो ।

नेपाली टोलीमा देव खनाल, शेर मल्ल, दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी रहेका छन् ।

एसियाकपको समूह बी मा नेपाल, बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र युएई छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest