बंगलादेशविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती-११

एसिसी यू-१९ एसिया कप अन्तर्गतको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेर फिल्डिङको निम्तो पाएको छ ।

नेपालको सुरुवाती ११ मा अर्जुन कुमाल, विवेक यादव, गुल्सन झा, तिलकराज भण्डारी, आदिल अन्सारी, अर्जुन साउद, सन्तोष कार्की, देव खनाल, विवेक मगर, दुर्गेस गुप्ता र शेर मल्ल रहेका छन् ।

उमेर समूहमा बंगलादेशविरुद्ध नेपालको प्रदर्शन पछिल्लो दशक त्यति राम्रो भने छैन । बंगलादेश र नेपालबीच २००८ यता भएका पाँच खेलमध्ये चार खेलमा बंगलादेश विजयी भएको छ । एक खेल वर्षाको कारण हुन सकेको छैन ।

अन्तिम पटक २०१९ मा भएको खेलमा बंगलादेशले नेपाललाई ६ विकेटले हराएको थियो ।

एसियाकपको समूह बी मा नेपाल, बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र युएई छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest