बीबीएलको अर्को खेलमा पनि सन्दीप विकेट विहिन

बिग बास लिग क्रिकेटको अर्को खेलमा पनि नेपाली लेगस्पिनर सन्दीप लामिछाने विकेटविहिन बनेका छन् ।

शुक्रबार मेलवार्न स्टार्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा ३२ रन खर्चेर कुनै विकेट लिन सकेनन ।

यद्दपी उनको टोली होबार्ट हुरिकेन्स भने २४ रनले विजयी भएको छ ।

यसअघि पर्थ स्कर्चसविरुद्ध पनि सन्दीपले कुनै विकेट लिन सकेका थिएनन ।

होबार्टले दिएको १८१ रनको लक्ष्य पछ्याएको मेलबर्न निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५६ रनमै समेटिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest